ताजा खबर
सरकारले असोज १ गतेदेखि लागू गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध स्वरूप बुधबार ‘जाग नेपाली’ समूहले प्रदर्शन गरेको छ।
समूहले इम्बोस्ड नम्बर प्लेट लागू गरेर नेपालको पहिचान मेट्न खोजिएको आरोप लगाउँदै नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै सडकमा विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले ‘देवनागरी लिपिको रक्षा गरौँ’, ‘इम्बोस्ड नम्बर प्लेट खारेज गर’, ‘भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर’, ‘नेपाली जनताको व्यक्तिगत डेटा सुरक्षाको ग्यारेन्टी गर’ र ‘नेपालका भाषा, लिपि र संस्कृतिमाथि आक्रमण नगर्ने सुनिश्चितता गर’ जस्ता नारासहित प्लेकार्ड बोकेर सरकारको कदमको विरोध गरेका थिए।
Super Admin
>