२०२६-०६-१९
आज देशभर सामान्य बदली, धेरै ठाउँमा वर्षाको सम्भावना>
Action

आज देशभर सामान्य बदली, धेरै ठाउँमा वर्षाको सम्भावना

मौसमविद्हरूका अनुसार आज देशभर मनसुन केही सक्रिय रहने देखिएको छ । बिहानैदेखि सामान्य बदली हुने र दिउँसो अधिकांश स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज धेरैजसो भूभागमा मध्यम वर्षा हुने प्रक्षेपण छ भने कोशी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्नेछ ।

भोलि र पर्सि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमतिर वर्षा अझ बढी हुने अनुमान गरिएको छ । तर, भारी वर्षा निरन्तर नभई खण्ड–खण्डमा हुने जनाइएको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा जारी रहने र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart