ताजा खबर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अब अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण बन्द गर्ने निर्णय गरेको छ। विमानस्थलमा भिजिटर पासका लागि कहिलेकाहीँ शुल्क मागिने र पहुँच नभएका व्यक्तिले पास नपाउने गुनासोहरू आएका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले यो कदम उठाएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत दिँदै आएको भिजिटर पास वितरण बन्द गरिएको छ। विमानस्थल कार्यालयले सार्वजनिक सूचनामा विशेष आवश्यकताका यात्रुहरूको लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ। यसमा वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका, गर्भवती र नाबालक यात्रुहरू समावेश छन्।
साथै, ह्विलचेयर वा अन्य विशेष सहयोग आवश्यक पर्ने यात्रुहरूको लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजीकरण भइरहेको छ। विमानस्थलले यात्रुलाई सामान ‘चेक–इन’ नम्बर र अधिकतम तौल सीमा अनुसार व्यवस्थापन गर्न अनुरोध समेत गरेको छ।
Super Admin
>