ताजा खबर
खिलबहादुर गुरुङ निर्देशित नयाँ फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक भएको छ। गीतमा कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन्। संगीत र शब्द दीपक शर्माले तयार पारेका हुन् भने रीता केसी र अंशु लामाको स्वरमा गीत प्रस्तुत गरिएको छ। गुरुङ परिवेशमा निर्मित यस गीतको अडियो र भिडियोले दर्शकमा उत्साह जगाउने अनुमान गरिएको छ।
लामो समयपछि फिल्ममा दयाहाङ र रिश्माको सहकार्य देखिन लागेको छ। यी दुई कलाकारले पहिले ‘कबड्डी’ श्रृंखलामा जोडी बाँधेर दर्शक माझ लोकप्रियता पाएका थिए।
फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालीको प्रस्तुतीमा निर्माण भएको हो र रोटेपिङ इन्टरटेनमेन्टले सहकार्य गरेको छ। पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने वीरवल घले कार्यकारी निर्माता रहेका छन्। टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता रहेका छन्।
Super Admin
>