ताजा खबर
ऋतिक रोशन र जुनियर एनटीआर स्टारर बहुप्रतीक्षित बलिउड फिल्म ‘वार २’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ। सन् २०२५ को यो फिल्मलाई लिएर दर्शकमाझ निकै उत्साह छ। तर भारतको सेन्सर बोर्डले फिल्मका केही ‘संवेदनशील’ दृश्य कटौती गर्न र अश्लील संवाद म्युट गर्न निर्देशन दिएको छ।
फिल्ममा ६ ठाउँमा अनुचित सन्दर्भ प्रयोग भएको देखेर ती संवाद म्युट गर्न भनिएको छ। त्यस्तै, संवादको एक मिनेटपछि भएको दुई सेकेन्डको अश्लील इशारालाई पनि हटाउन निर्देशन दिइएको छ। संवेदनशील दृश्यलाई ५० प्रतिशत कटौती गर्न पनि भनिएको छ, जसको अवधि ९ सेकेन्ड छ।
विशेषगरी ‘आवन जावन’ गीतमा कियारा आडवाणीको बिकिनी लुकमा प्रदर्शन गरिएको केही दृश्यलाई बोर्डले हटाउन निर्देशन दिएको छ। यी कटौतीसँगै फिल्मलाई १६ वर्षमाथिका दर्शकले मात्र हेर्न मिल्ने सर्टिफिकेट प्रदान गरिएको छ। प्रारम्भमा फिल्मको कुल रनटाइम २ घण्टा ५९ मिनेट ४९ सेकेन्ड थियो भने अहिले २ घण्टा ५१ मिनेट ४४ सेकेन्ड कायम गरिएको छ।
त्यसैगरी, दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘कुली’ पनि शुक्रबार प्रदर्शन तयारीमा छ। नेपालमा ‘कुली’को बुकिङ सोमबारदेखि खुल्ने बुझिएको छ। विश्वव्यापी एड्भान्स टिकट बिक्रीको ट्रेन्ड अनुसार ‘कुली’को अग्रिम बिक्री ‘वार २’ भन्दा अघि देखिएको छ।
Super Admin
>