२०२६-०६-१३
तिनाउमा जलसतह वर्षकै उच्च, तटीय बस्तीलाई सतर्कता>
Action

तिनाउमा जलसतह वर्षकै उच्च, तटीय बस्तीलाई सतर्कता

बुटवल — तीन दिनदेखिको अविरल वर्षाले बुटवल हुँदै बग्ने तिनाउ नदीको जलसतह बुधबार यस वर्षकै उच्च स्तरमा पुगेको छ।

पाल्पा र सिद्धबाबा क्षेत्रमा निरन्तर वर्षा हुँदा नदीमा एक्कासी पानी बढेको हो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार नदी किनारका पुरानो बसपार्क, सुन्दरनगर, मजुवा, बिनापाते, हात्तिसुढ, माझगाउँलगायत बस्ती उच्च जोखिममा परेका छन्।

हालसम्म कुनै क्षति नभए पनि प्रहरीको अनुमानमा दिनभर वर्षा जारी रहने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart