२०२६-०६-१३
नारायणगढ–मुग्लिन सडकमा बसमाथि ढुङ्गा खस्दा यात्रुको मृत्यु>
Action

नारायणगढ–मुग्लिन सडकमा बसमाथि ढुङ्गा खस्दा यात्रुको मृत्यु

१ असोज, चितवन — नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गरिरहेकी एक महिलाको ढुङ्गा खसेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुल नजिकै सडकमाथिबाट ठूलो ढुङ्गा खसेर लागेको थियो।

उक्त घटनामा लमजुङको घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart