ताजा खबर
१ असोज, काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बनेपछि स्थगित भएको थियो।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले मंगलबार नयाँ तालिका सार्वजनिक गर्दै मौका परीक्षा यही असोज ७ र ८ गते हुने जनाएको छ।
नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजी (००४१) को परीक्षा हुनेछ। यस दिन एक विषय मात्र परीक्षा दिने विद्यार्थीका सबै विषय, र दुई विषय परीक्षा दिने विद्यार्थीका लागि सानो कोड भएको विषयको परीक्षा हुनेछ। अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय दिने परीक्षार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।
त्यस्तै असोज ८ गते दुई विषय परीक्षा दिने विद्यार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। तर यस दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन, अंग्रेजी परीक्षा पहिलो दिन अर्थात असोज ७ गते नै हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
Super Admin
>