२०२६-०८-१२
तिहारपछि सुन–चाँदीको भाउ घट्यो, प्रतितोला सुन २ लाख ४१ हजारमा कायम>
Action

तिहारपछि सुन–चाँदीको भाउ घट्यो, प्रतितोला सुन २ लाख ४१ हजारमा कायम

९ कात्तिक, काठमाडौं । तिहार पछि नेपाली बजारमा सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम गरेको छ। तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको मूल्य करिब ५ प्रतिशत घटेको थियो। असोज ३ गते प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुन अहिले ४१११ डलरमा कारोबार भइरहेको छ। एक औंस सुन बराबर २.४३ तोला हुन्छ। नेपालमा सार्वजनिक विदाका कारण मूल्य समायोजन केही ढिला भयो र यसको प्रभाव आइतबार देखिएको हो। असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो।

त्यस्तै चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँ कायम भएको छ। तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो भने असोज ३१ गते यसको भाउ ३३५० रुपैयाँसम्म पुगेको थियो।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart