२०२६-०८-१२
काठमाडौंको ह्यात होटल बन्द , पुनर्निर्माणका लागि तयारी सुरु>
Action

काठमाडौंको ह्यात होटल बन्द , पुनर्निर्माणका लागि तयारी सुरु

काठमाडौं । काठमाडौं बौद्धस्थित पाँचतारे ह्यात होटल अस्थायी रूपमा बन्द गरिएको छ। होटलले शुक्रबार सूचना जारी गर्दै “अर्को सूचना वा अन्य निर्णय नभएसम्म सम्पूर्ण श्रमिकलाई होटल परिसरमा उपस्थित नहुन” आग्रह गरेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको होटल पुनर्निर्माणका लागि मर्मत र सुरक्षा जोखिमको कारण पूर्णरूपमा बन्द गरिएको हो।

ह्यात रिजेन्सीका मानव संशाधन निर्देशक मोहम्मद युसुफ यामिनका अनुसार होटलको क्यासिनो र अन्य स्थानमा भएको तोडफोड र चोरीका भिडियो फुटेजहरू सुरक्षित छन्। आक्रमणको पीडा र बुकिङ रद्द हुनुका कारण व्यवस्थापनले तत्काल सेवा बन्द गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले होटल पुनः सञ्चालनका लागि चासो व्यक्त गरेका छन्। खनालले व्यवसायीहरूलाई नआत्तिन आग्रह गर्दै सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने बताए।

होटल स्रोतका अनुसार डिजाइन र पुनर्निर्माणका कामहरू सुरु भइसकेको छ। तर विदेशी सामग्री ल्याउनुपर्ने र आर्थिक सुनिश्चितताका कारण होटल तत्काल सञ्चालनमा ल्याउन नसकिने बताइएको छ। होटल व्यवस्थापनले श्रमिकलाई अस्थायी रूपमा उपस्थित नहुन सूचित गरेको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart