२०२६-०६-१३
शिक्षा विधेयकमा माग सम्बोधन नहुँदा नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम घोषणा>
Action

शिक्षा विधेयकमा माग सम्बोधन नहुँदा नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं – शिक्षा विधेयकमा आफ्नो माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। महासंघले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ।

महासंघका अनुसार, भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक दलका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टाको प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम हुनेछ। भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टाको धर्ना दिने योजना बनाइएको छ।

महासंघले भदौ २१ मा दोस्रो चरणका आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने बताएको छ। दोस्रो चरणमा अवरोधात्मक गतिविधि, विरोध प्रदर्शन तथा कडा कार्यक्रम लागू गर्ने तयारी गरिएको महासंघका नेताहरूले जानकारी दिएका छन्।

शिक्षक महासंघले विधेयकका केही प्रावधान शिक्षण पेशासँग मेल नखाने र शिक्षकहरूको हितमा नभएको भन्दै यसमा स्पष्ट संशोधन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ।

यस कदमले आगामी दिनमा शिक्षा क्षेत्रमा सरकार र शिक्षक संगठनबीचको संवादलाई थप तनावपूर्ण बनाउने सम्भावना रहेको विशेषज्ञहरूले बताएका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart