२०२६-०६-१३
संविधान दिवसमा अमेरिकाको सन्देश : दक्षिण एशियाली स्थायित्व र समृद्ध नेपालका लागि निरन्तर सहकार्य>
Action

संविधान दिवसमा अमेरिकाको सन्देश : दक्षिण एशियाली स्थायित्व र समृद्ध नेपालका लागि निरन्तर सहकार्य

३ असोज, काठमाडौं । अमेरिकाले संविधान दिवसको अवसरमा नेपालप्रति बधाई दिँदै दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन र सुरक्षित विश्व निर्माणका लागि नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुभकामना सन्देशमार्फत नेपाली जनताको पारदर्शी सरकार र संविधान पालनाको चाहनालाई समर्थन गर्दै आर्थिक वृद्धि, क्षेत्रीय सुरक्षा र समृद्ध भविष्यमा अमेरिकाको साथ रहने उल्लेख गरेका छन् ।

उनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (MCC) ले नेपालमा पूर्वाधार विस्तार, रोजगारी सिर्जना र अमेरिकी कम्पनीलाई व्यवसायिक अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । साथै आन्दोलनमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart