२०२६-०६-११
सेयर बजारमा ६ प्रतिशत गिरावट, लगानीकर्तामा त्रास>
Action

सेयर बजारमा ६ प्रतिशत गिरावट, लगानीकर्तामा त्रास

२ असोज, काठमाडौं । जेनजी विद्रोहपछि खुलेको सेयर बजारमा लगानीकर्तामा त्रास स्पष्ट देखिएको छ । २३–२४ भदौको घटनामा ७४ जनाको मृत्यु, प्रधानमन्त्री ओलीको सरकार पतन, संरचनामा आगजनी–तोडफोड भएपछि एक साताभन्दा बढी बन्द रहेको बजार बिहीबार खुलेको केही मिनेटमै लगातार तीनपटक सर्किट ब्रेक लागेर स्थगित भयो ।

नेप्से परिसूचक १६० अंक घट्दै २५११ मा झरेको छ । कारोबार रकम जम्मा ७२ करोड ८७ लाख रुपैयाँ मात्रै रह्यो । ठूला व्यावसायिक भवन र निवासमा आगजनीका कारण लगानीकर्तामा सुरक्षाको प्रश्न उब्जिएको छ ।

विशेषज्ञहरूले राजनीतिक अनिश्चितता र व्यवसायीको कमजोर मनोबललाई बजार गिरावटको मुख्य कारण बताउँदै दशैं खर्च जुटाउन सेयर बेच्ने प्रवृत्तिले पनि असर पारेको जनाएका छन् ।

ब्रोकर संघका पूर्वअध्यक्ष भरत रानाभाटका अनुसार बजार भयका कारण सबै सेक्टर प्रभावित भए पनि राज्यले विश्वास दिलाउने कदम चाँडै चाल्यो भने क्रमशः स्थिरता आउने अपेक्षा गर्न सकिने देखिएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart