ताजा खबर
काठमाडौं, असोज ३ — संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रमसहित मनाइँदैछ। बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गरिएको छ, जहाँ प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्।
यसपटक ७४ जनाको ज्यान जाने गरी जेनजी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथलका कारण झाँकीलगायत भव्य कार्यक्रम स्थगित गरी सामान्य समारोहमार्फत दिवस मनाइने भएको हो।
नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो। लामो संघर्ष र संविधानसभा मार्फत बनेको संविधानको दशकपूर्तिको अवसरमा यस वर्ष विशेष तयारी गरिएको भए पनि पछिल्ला घटनाक्रमका कारण सरल कार्यक्रममार्फत दिवस मनाइने गृह मन्त्रालयले जनाएको छ।
राष्ट्रपति, उपराष्ट्रपति तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले संविधान दिवसका अवसरमा शुभकामना दिएका छन्।
Super Admin
>