ताजा खबर
काठमाडौं, असोज ३ — राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट भई अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्तगरेका छन्।
आज संविधान दिवसका अवसरमा जारी सन्देशमा उनले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको स्मरण गराउँदै संविधानको मर्मलाई व्यवहारमा रुपान्तरण गर्न सबैलाई मन, वचन र कर्मबाट इमान्दार प्रयास गर्न आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताए। साथै उनले नागरिकको समान पहुँच, सामाजिक सुरक्षा, सुशासन र स्रोतसाधनको उचित उपयोगमार्फत नेपाल छिट्टै समुन्नत राष्ट्रको अग्रस्थानमा पुग्ने विश्वास व्यक्त गरे।
Super Admin
>