ताजा खबर
जुम्लामा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडाका ३१ वर्षीय अर्जुन महतारा रहेका छन्, जो हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका थिए।
आइतबार राति करिब साढे १० बजेतिर आफ्नै घरमा सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेपछि महतारालाई गम्भीर अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। तर उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिएका छन्।
स्थानियहरूका अनुसार महताराले केही म्युजिक भिडियोमा अभिनय समेत गरेका थिए र उनी स्थानीयस्तरमा लोकप्रिय थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Super Admin
>