ताजा खबर
सरकारले हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा वा पदयात्रा गर्नुअघि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनिवार्य रूपमा हेर्न आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रामा निस्कनुअघि मौसम पूर्वसूचना र ‘अलर्ट’को जानकारी लिन, लेक लाग्ने जोखिम बुझ्न र आवश्यक तयारीसहित मात्रै यात्रा गर्न सुझाव दिएको हो।
प्राधिकरणले लेक लागेमा तुरुन्त तल झरेर उपचारमा लाग्न र कहिल्यै पनि एक्लै यात्रामा नजान अनुरोध गरेको छ। पछिल्ला दुई दिनमा मनाङ र कास्कीमा लेक लागेर चार जनाको मृत्यु भएको र एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
यसबीच, विभागका अनुसार यही कात्तिक १० र ११ गते केही हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। बंगालको खाडी र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारण आगामी दिनमा अझ वर्षा र हिमपात बढ्ने अनुमान गरिएको छ।
Super Admin
>