२०२६-०६-१३
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै>
Action

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गर्दै अर्घ अर्पण गरिँदैछ। यो पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी व्रतको समापन गरिन्छ।

सरकारले पनि आजको दिन सार्वजनिक बिदा दिएको छ। व्रतालुले आज रातभर जाग्राम बसेर बिहान उदाउँदो सूर्यको आराधना गर्ने परम्परा पालन गर्छन्।

काठमाडौं उपत्यकाका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, कुपण्डोल, गहनापोखरीलगायत स्थानमा पूजा स्थलहरू निर्माण गरिएका छन्।

पहिले मुख्यतः तराईमा मनाइने यो पर्व पछिल्ला वर्षमा पहाड र हिमालका समुदायहरूमा पनि विस्तार हुँदै गएको छ, जसले सामाजिक सद्भाव र एकताको प्रतीक बनाएको छ।

जनविश्वासअनुसार छठको विधिपूर्वक पालना गर्नाले मनोकामना पूरा हुने, परिवारको कल्याण हुने र दुःख–कष्ट हट्ने विश्वास गरिन्छ। यो पर्व अत्यन्तै पवित्र, सात्विक र आत्मशुद्धिसँग सम्बन्धित चाडका रूपमा मानिन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart