ताजा खबर
नेपालीको मुख्य चाडबाड सिजनमा अन्तर्राष्ट्रिय व्यापारमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ। यो अघिल्लो आवको समान अवधिको तुलनामा २६.०४ प्रतिशत बढी हो।
यस अवधिमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात र ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। निर्यात अघिल्लो वर्षको तुलनामा झण्डै ९० प्रतिशतले बढेको छ भने आयातमा करिब २० प्रतिशतको वृद्धि भएको छ।
निर्यात बढे पनि व्यापार घाटा अझै ३ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ। तथापि, निर्यात वृद्धिले घाटाको दर केही घटाएको विभागले जनाएको छ।
सोयाविन तेल आयात र निर्यात दुबैमा अग्रस्थानमा छ। भारत र चीन नेपालका प्रमुख व्यापार साझेदार हुन्। भारतबाट २ खर्ब ५८ अर्ब बराबरको वस्तु आयात र ५९ अर्ब बराबरको वस्तु निर्यात भएको छ।
Super Admin
>