२०२६-०६-१३
अमेरिका–चीनबीच सम्भावित व्यापार सम्झौतामा प्रारम्भिक सहमति>
Action

अमेरिका–चीनबीच सम्भावित व्यापार सम्झौतामा प्रारम्भिक सहमति

अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचा (नमूना) मा प्रारम्भिक सहमति जुटेको छ। दुवै देशका नेताबीच यसै साता हुने भेटवार्तामा उक्त ढाँचा औपचारिक छलफलको विषय बन्ने भएको बीबीसीले जनाएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार सम्झौतामा टिकटकको अमेरिकी व्यवसायसम्बन्धी अन्तिम निर्णय र चीनले दुर्लभ खनिजहरूमा लगाएको प्रतिबन्ध हटाउने वा स्थगित गर्ने प्रावधान समावेश गरिएको छ।

त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाअनुसार चीनबाट आयात हुने सामानमा शतप्रतिशत कर लगाउने सम्भावना पनि अहिलेका लागि टरेको छ। चीनले अमेरिकाबाट सोयाबिन खरिद पुनः सुरु गर्ने संकेत दिएको अर्थमन्त्री बेसेन्टले बताएका छन्।

विश्वका दुई ठूला अर्थव्यवस्थाबीच चलिरहेको व्यापार युद्धलाई नियन्त्रणमा राख्ने उद्देश्यसहित दुवै पक्ष सहमत भएको बताइएको छ। ट्रम्प अहिले एशियाली भ्रमणमा रहेका छन् र दक्षिण कोरियामा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart