२०२६-०६-१३
निर्वाचन तयारीका लागि तीन मन्त्रीसहित सरकारी टोली आज मधेश प्रदेशमा>
Action

निर्वाचन तयारीका लागि तीन मन्त्रीसहित सरकारी टोली आज मधेश प्रदेशमा

नेपाल सरकारका तीन मन्त्रीसहितको टोली आज मधेश प्रदेशतर्फ जाँदै छ। गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगालसहितको टोली प्रदेश राजधानी जनकपुर पुग्ने तयारीमा छ।

सरकारी टोलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, शान्ति–सुरक्षा व्यवस्था र प्रशासनिक समन्वयबारे जानकारी लिने बताइएको छ। मन्त्रीहरूको टोली दुई दिन — सोमबार र मंगलबार — मधेश प्रदेशमा रहनेछ।

यस क्रममा उनीहरूले सुरक्षा निकायका कार्यालयहरूको निरीक्षण, सरकारी निकायका प्रमुखहरूसँग अन्तर्क्रिया र प्रदेशस्तरीय समन्वय बैठकमा सहभागी हुने कार्यक्रम छ। साथै, टोलीले जनकपुरमा आयोजना हुने छठसम्बन्धी कार्यक्रममा पनि सहभागिता जनाउनेछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart