ताजा खबर
सिन्धुपाल्चोक — साउन २० गते पेट दुख्यो भन्दै अस्पताल पुर्याइएकी एक किशोरीले त्यहीँ शिशुलाई जन्म दिएकी छन्। अविवाहित किशोरीले अकस्मात् बच्चा जन्माएपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार प्रारम्भिक अनुसन्धानमा ती किशोरीले बलात्कारका कारण गर्भवती भएकी थिइन् भन्ने खुलासा गरेकी छन्। उनले पटक–पटक आफूमाथि जबरजस्ती करणी भएको बताएका कारण प्रहरीले सिन्धुपाल्चोककै ५० वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।
प्रहरीका प्रवक्ता माधव खरेलका अनुसार, पीडित किशोरीले गर्भको कुरा परिवारलाई समेत बताएकी थिइनन्। "पेट दुखेपछि मात्र परिवारले उनलाई अस्पताल ल्याएका थिए, त्यहीँ शिशु जन्मिएपछि मात्र सबै कुरा खुलेको हो," उनले भने।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Super Admin
>