ताजा खबर
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार आजै घोषणा गर्ने भएको छ। पार्टीभित्र प्रतिस्पर्धामा रहेका ९ जनामध्ये प्राथमिक निर्वाचन (प्राइमरी) को मतपरिणामका आधारमा एक जनाको नामलाई आधिकारिक रूपमा टुंग्याइने तयारी भएको हो।
यसै क्रममा, उम्मेदवारी आकांक्षी ९ जनाले आज बिहान ११ बजे नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेट्ने कार्यक्रम तय भएको छ। भेटपछि पार्टी सचिवालयको बैठक दिउँसो १:३० बजे बस्ने र त्यसपछि उम्मेदवारको नाम औपचारिक घोषणा गरिने सचिवालय स्रोतले जनाएको छ।
Super Admin
>