२०२६-०६-१३
रास्वपाको ‘खुला आँगन’ कार्यक्रम सुरु, नागरिकसँग प्रत्यक्ष संवादको प्रयास>
Action

रास्वपाको ‘खुला आँगन’ कार्यक्रम सुरु, नागरिकसँग प्रत्यक्ष संवादको प्रयास

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नेतृत्व र नागरिकबीच प्रत्यक्ष संवादको माध्यमका रूपमा ‘खुला आँगन’ नामक कार्यक्रम सुरु गर्ने भएको छ।

पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रमको उद्देश्य पार्टी, शुभेच्छुक र आम नागरिकबीच विचार, सुझाव र जिज्ञासामाथि प्रत्यक्ष संवाद तथा छलफल गर्ने संस्कारको विकास गर्नु हो।

खुला आँगन कार्यक्रम प्रत्येक दिन अपराह्न ४ देखि ६ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा सञ्चालन हुनेछ। कार्यक्रममा पार्टी केन्द्रीय समिति सदस्य, पदाधिकारी, शुभचिन्तक र सर्वसाधारण सहभागी भई राष्ट्र निर्माणसँग जोडिएका विषयहरूमा खुला छलफल हुने जनाइएको छ।

आजको उद्घाटन कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता रमेश प्रसाईलगायत नेताहरू सहभागी हुनेछन्।

रास्वपाले आम नागरिक, शुभेच्छुक र पार्टी सदस्यहरूलाई आफ्ना विचार, सुझाव तथा जिज्ञासासहित उपस्थित भई खुला संवादमा सहभागी हुन आग्रह गरेको छ।

पार्टीले यो पहललाई लोकतान्त्रिक अभ्यास, पारदर्शिता र नागरिक सहभागिताको सशक्त माध्यमका रूपमा अघि बढाउने जनाएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart