२०२६-०६-१३
राज्यविरुद्धको अभियोगमा थुनामा रहेका दुर्गा प्रसाईँसहितको मुद्दा उच्च अदालतमा, सुनुवाइ जारी>
Action

राज्यविरुद्धको अभियोगमा थुनामा रहेका दुर्गा प्रसाईँसहितको मुद्दा उच्च अदालतमा, सुनुवाइ जारी

काठमाडौँ । पूर्वराजा समर्थक प्रदर्शनमा संलग्न भएको आरोपमा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ।

२०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा घरमा आगजनी, सरकारी सवारीसाधन तोडफोडलगायत हिंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा जिल्ला अदालतले प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले जेठ २९ मा राज्यविरुद्धको कसुर र ज्यान सम्बन्धी अभियोगसहित थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध प्रसाईँ, सुशील बराल, डण्डपाणि रेग्मी र तारा राजावादी उपनामले चिनिने सरोज गौतमले ६ असारमा उच्च अदालतमा निवेदन दिएका थिए।

बिहीबार टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो। तर, सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दा हेर्दैमा’ राखेर शुक्रबारका लागि पेशी तोकिएको हो।

अदालतले सुनुवाइपछि थुनामुक्त हुने वा पुर्पक्षमा रहने भन्नेबारे निर्णय गर्नेछ। राज्यविरुद्धको मुद्दा भएका कारण यो प्रकरण राजनीतिक र कानुनी रूपमा समेत चर्चामा रहेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart