२०२६-०६-१३
रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण, गहिरो चोटसहित उपचारमा>
Action

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण, गहिरो चोटसहित उपचारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि गएराति आक्रमण भएको छ। कपनस्थित आफ्नै घर नजिकै भएको आक्रमणमा उनको टाउकोमा गहिरो चोट लाग्दा अस्पताल भर्ना गरेर उपचार गरिएको पार्टीले जनाएको छ।

रास्वपाका नेता दीपक बोहोराका अनुसार भण्डारीको टाउकोमा गम्भीर चोट लागेर १० वटा टाँका लगाइएको छ। प्रारम्भिक परीक्षणपछि गरिएको सिटी स्क्यान रिपोर्ट सकारात्मक आए पनि उनलाई थप फलोअपका लागि अस्पतालले पुनः बोलाएको छ।

घटनाबारे जानकारी दिँदै भण्डारीले बुधबार साँझ करिब ८ बजे कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घर फर्किने क्रममा बाटोमै आक्रमण भएको बताएका छन्। मोटरसाइकलमा आएका तीन जनामध्ये एकले रडले टाउकोमा प्रहार गरे भने अर्कोले खुट्टामा प्रहार गरेको उनले बताएका छन्। आक्रमणपछि उनी घरतर्फ भागेर छिरेपछि मात्र ज्यान जोगिएको उनले स्मरण गरे।

घाइते भण्डारीलाई तत्काल चाबहिल चुच्चेपाटीस्थित स्तूपा सामुदायिक अस्पताल लगिएको थियो। अहिले उनको अवस्था सामान्य भए पनि चिकित्सकले सतर्क रहन सुझाव दिएका छन्।

आक्रमणकारी भने अझै पहिचान हुन सकेका छैनन्। पार्टीले यसबारे प्रहरीलाई जानकारी गराएको छ भने बौद्ध प्रहरी वृत्तले अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाको कारण र संलग्न व्यक्तिहरु खुलेको छैन।

रास्वपाले आफ्ना नेतामाथिको आक्रमणलाई गम्भीर रूपमा लिँदै दोषीलाई चाँडै सार्वजनिक गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ। यस घटनाले राजधानीमै राजनीतिज्ञमाथि सुरक्षा चुनौती अझै कायम रहेको तथ्य उजागर गरेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart