२०२६-०६-१३
नेपालमा फेसबुक मनिटाइजेसन: कन्टेन्टबाटै कमाइ गर्ने अवसर सुरु>
Action

नेपालमा फेसबुक मनिटाइजेसन: कन्टेन्टबाटै कमाइ गर्ने अवसर सुरु

काठमाडौं । फेसबुकले नेपाललाई आधिकारिक रूपमा मनिटाइजेसनका लागि योग्य देशको सूचीमा राखेसँगै अब नेपाली प्रयोगकर्ताले आफ्नै कन्टेन्टबाट कमाइ गर्ने बाटो खुलेको छ। यसअघि स्टार गिफ्टमार्फत मात्र सीमित आम्दानी गर्न सकिने भए पनि अहिले भिडियो, फोटो, टेक्स्ट, रिल्सजस्ता सबै प्रकारका सामग्रीबाट प्रत्यक्ष कमाइ गर्न सकिने भएको हो।

गीतकार लोकराज अधिकारी नेपालमा पहिलोपटक यो सुविधा प्रयोग गर्नेमध्ये एक हुन्। उनका अनुसार फेसबुकले दिएको प्रक्रिया पूरा गरेलगत्तै मनिटाइजेसन सुरु भयो र दुई दिनमै उनले ८८ सेन्ट डलर आम्दानी गरे। विशेषगरी फोटोबाट सबैभन्दा धेरै कमाइ भएको अनुभव उनले बताए।

फेसबुकको मनिटाइजेसनमा सामेल हुन भने केही मापदण्ड पूरा गर्नुपर्छ। प्रयोगकर्ताको प्रोफाइल वा पेजमा कम्तीमा ५ हजार फलोअर्स हुनुपर्ने र पछिल्लो ६० दिनभित्र अपलोड गरिएका भिडियोमा कम्तीमा ६० हजार मिनेट वाच टाइम पुग्नुपर्ने हुन्छ। साथै, हिंसा, अश्लीलता वा अपराधजन्य सामग्री पोस्ट गर्नेहरूलाई यो सुविधा दिइँदैन।

अब नेपालका क्रिएटर्सले कमाएको पैसा सिधै आफ्नै स्थानीय बैंक खातामा प्राप्त गर्न सक्नेछन्। फेसबुकमा प्रोफेसनल मोड अन गरेर वा पेज मार्फत मनिटाइजेसन ट्याबमा गएर प्रक्रिया पूरा गर्न सकिन्छ।

यद्यपि, विज्ञहरू यसबेला स्क्यामरप्रति सचेत रहन आग्रह गरिरहेका छन्। मनिटाइजेसनका नाममा नक्कली लिंक पठाएर पासवर्ड, इमेल वा बैंक विवरण झिक्ने प्रयास बढ्न सक्ने भएकाले प्रयोगकर्ताले आधिकारिक सूचनामात्रै मान्नुपर्ने चेतावनी दिइएको छ।

नेपालमा ढिलो गरी सुरु भएको यो सुविधाले हजारौं क्रिएटर्सलाई अवसर दिने विश्वास गरिएको छ। सामाजिक सञ्जाललाई सिर्जनशीलता र व्यवसाय दुवैको माध्यम बनाउन सकिने भएकाले अब फेसबुकले नेपाली डिजिटल अर्थतन्त्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart