२०२६-०६-१३
फिल्म ‘रिमै’को भव्य प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा>
Action

फिल्म ‘रिमै’को भव्य प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘रिमै’ बुधबार भव्य प्रिमियरसहित सार्वजनिक गरिएको छ। न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित कार्यक्रममा गुरुङ समुदायको सांस्कृतिक झाँकीले माहोल झनै रौनकिलो बनायो।

प्रिमियरमा अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ परम्परागत भेषभूषामा देखिए। उनीहरूसँगै अन्य कलाकार, निर्माता तथा चर्चित सेलिब्रेटीहरूको उपस्थिति उल्लेखनीय रह्यो।

खिलबहादुर गुरुङ निर्देशित यो फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको हो। फिल्ममा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरले अभिनय गरेका छन्।

फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने खिचाइ शैलेन्द्रध्वज कार्कीले गरेका हुन्। वीरवल घले कार्यकारी निर्माता हुन् भने टीका गुरुङ, जितयात्री गुरुङ र दुनबहादुर घले निर्माता रहेका छन्। बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता हुन्।

गुरुङ समाजको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘रिमै’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा छ। प्रिमियरमा देखिएको उत्साहका आधारमा यो फिल्मप्रति दर्शकमाझ ठूलो अपेक्षा रहेको देखिन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart