२०२६-०६-१३
शिल्पा शेट्टीको रेस्टुरेन्ट ‘बास्टियन’ बन्द, अभिनेत्रीले भनिन्– ‘एक युगको अन्त्य’>
Action

शिल्पा शेट्टीको रेस्टुरेन्ट ‘बास्टियन’ बन्द, अभिनेत्रीले भनिन्– ‘एक युगको अन्त्य’

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीको लोकप्रिय रेस्टुरेन्ट बास्टियन अब बन्द हुने भएको छ। मुम्बईको बान्द्रामा अवस्थित यो रेस्टुरेन्ट लामो समयदेखि शहरको रात्रि जीवनको मुख्य आकर्षण बनेको थियो।

शिल्पाले आफैं इन्स्टाग्राममार्फत यो निर्णय सार्वजनिक गर्दै यसलाई ‘एक युगको अन्त्य’ भनेर भावुक प्रतिक्रिया दिएकी छन्। उनले लेखेकी छिन्,

“यो बिहीबार हामीले मुम्बईको सबैभन्दा प्रतिष्ठित गन्तव्य ‘बास्टियन बान्द्रा’लाई अन्तिम बिदाइ गर्नेछौं। यसले हामीलाई अनगिन्ती सम्झना, अविस्मरणीय रात र क्षणहरू दिएको थियो। अब यो स्थानले आफ्नो अन्तिम पर्दा ओढ्दैछ।”

रेस्टुरेन्ट बन्द हुनुको कारण भने उनले खुलाएकी छैनन्। शिल्पाले सन् २०१६ मा व्यापारी रंजित बिन्द्रासँग सहकार्य गर्दै बास्टियन सुरु गरेकी थिइन्, जसले छोटै समयमा मुम्बईको ‘नाइटलाइफ हब’ को रुपमा लोकप्रियता कमाएको थियो।

रेस्टुरेन्टलाई विदाइ दिन शिल्पाले विशेष साँझको आयोजना गर्ने तयारी गर्दैछिन्, जहाँ “पुराना सम्झना, ऊर्जा र जादू”लाई पुनः जीवित गरिने उनको भनाइ छ।

यस्तै, हालसालै शिल्पा र उनका पति राज कुन्द्रा कानुनी विवादमा तानिएका थिए। व्यापारी दीपक कोठारीले उनीहरूविरुद्ध ६० करोड भारु ठगीको मुद्दा दर्ता गराएका छन्। जुहु प्रहरीले दर्ता गरेको मुद्दा हाल आर्थिक अपराध शाखा (EOW) ले अनुसन्धान गरिरहेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart