ताजा खबर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात इतिहासमै सबैभन्दा उच्च विन्दुमा पुगेको दाबी गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै ओलीले उक्त वर्ष नेपालले २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका छन्।
उनले आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष निर्यातको कुल रकम १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ मात्र रहेको उल्लेख गर्दै निर्यातमा ८१.८० प्रतिशतको वृद्धि भएको दाबी गरे।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ। गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले बढेको छ।”
उनको दाबी अनुसार, यो वृद्धिदर नेपालका लागि उल्लेखनीय मानिन्छ। तर निर्यात वृद्धिको स्रोत, वस्तु संरचना, सेवा क्षेत्र र दिगोपनका पक्षमा भने थप विवरण सार्वजनिक गरिएको छैन।
आर्थिक विश्लेषकहरूका अनुसार, निर्यातमा यस्तो उच्च वृद्धिका पछाडि अस्थायी कारक वा मूल्य वृद्धिले पनि भूमिका खेलेको हुन सक्ने सम्भावना हुन्छ। यसैले दाबीहरूलाई प्रष्ट पार्न बिस्तृत तथ्यांक र विश्लेषण आवश्यक रहेको उनीहरूको भनाइ छ।
Popular Tags:
Super Admin
>