२०२६-०६-१३
ओलीको भनाइ : ‘जेन–जी आन्दोलनमा गोली हान्ने आदेश मैले दिएको होइन’>
Action

ओलीको भनाइ : ‘जेन–जी आन्दोलनमा गोली हान्ने आदेश मैले दिएको होइन’

काठमाडौं, असोज ३ — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकायलाई गोली हान्ने आदेश आफूले नदिएको स्पष्ट गरेका छन्। उनका अनुसार आन्दोलनमा प्रयोग भएका स्वचालित हतियार प्रहरीसँग नभएका प्रकारका थिए।

भदौ २३ र २४ मा भएको आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, जसमा अधिकांशको टाउको र छातीमा गोली लागेको रिपोर्टमा उल्लेख छ। आन्दोलनपछि सरकार छाड्न बाध्य भएका ओली हाल भक्तपुरको गुण्डुस्थित एक घरमा बस्दैछन्।

संविधान दिवसको सन्देशमार्फत ओलीले भनेका छन्, “शान्तिपूर्ण भनिएको आन्दोलनमा घुसपैठ भयो, षड्यन्त्रकारीहरूले हिंसा मच्चाए र हाम्रा युवाको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन।”

उनी भन्छन्, प्रयोग भएका स्वचालित हतियारबारे छानबिन आवश्यक छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart