२०२६-०६-१३
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना>
Action

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना

काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ मंगलबार बेलुकी बाँसबारीस्थित राष्ट्रिय हृदय रोग केन्द्र (गंगालाल अस्पताल) मा भर्ना भएकी छन्।

उनका स्वकीय सचिव भक्तबहादुर चलाउनेका अनुसार नियमित स्वास्थ्य परीक्षण तथा फलोअपका लागि श्रेष्ठलाई अस्पताल लगिएको हो। उनले मुटुसँग सम्बन्धित समस्या हुनसक्ने आशंका गरिएको बताए।

श्रेष्ठले यसअघि गत वैशाखमा टोखास्थित ग्रान्डी अस्पतालमा पनि उपचार गराएकी थिइन्। हाल गंगालालमा चिकित्सकहरूले आवश्यक परीक्षणको तयारी गरिरहेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart