२०२६-०६-१३
नेपालमा डेंगु संक्रमण तीव्र, ७४ जिल्लामा फैलियो>
Action

नेपालमा डेंगु संक्रमण तीव्र, ७४ जिल्लामा फैलियो

काठमाडौँ – नेपालमा डेंगु संक्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशका ७४ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन्।

गत पुसदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पछिल्लो एक सातामै १८० जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १० जनामा संक्रमण देखिएको छ।

प्रदेशगत विवरण अनुसार गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित छ, जहाँ ८७७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि बागमती प्रदेशमा ६१२ र कोशी प्रदेशमा ५१८ जना संक्रमित भेटिएका छन्।

पछिल्लो एक हप्ताको तथ्यांक अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै ४५ जना नयाँ संक्रमित थपिएका छन्। डेंगु रोकथामका लागि नागरिकले सतर्क रहनुपर्ने विज्ञहरूले चेतावनी दिएका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart