ताजा खबर
काठमाडौं – मनोहरा खोला किनारका सुकुमबासी र काठमाडौं महानगरपालिकाको नगर प्रहरीबीच झडप भएको छ। नगर प्रहरीले बस्ती भत्काएको विरोधमा स्थानीय आक्रोशित भई सडकमा उत्रेका थिए।
स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै उनीहरूलाई लखेटेको छ। आज बिहान नेपाल प्रहरीको समर्थनमा डोजर सहित पुगेको नगरप्रहरी टोलीले सुकुमबासीका टहरामा डोजर चलाएको थियो।
वर्षायाममा टहरा भत्काइदा सुकुमबासीहरूको ठूलो असमझदारी र बिचल्ली उत्पन्न भएको छ। काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले बस्ती भत्काउने कार्य सम्पन्न गरेको जनाइएको छ।
Super Admin
>