२०२६-०६-१३
नेपाली छोटो फिल्म ‘नीलो आकाश’ शिकागो साउथ एसियन फिल्म फेस्टिभलमा छनोट>
Action

नेपाली छोटो फिल्म ‘नीलो आकाश’ शिकागो साउथ एसियन फिल्म फेस्टिभलमा छनोट

नेपाली छोटो फिल्म ‘नीलो आकाश’ अमेरिकाको प्रतिष्ठित शिकागो साउथ एसियन फिल्म फेस्टिभलमा छनोट भएको छ। यसै महोत्सवमार्फत फिल्मले आफ्नो अमेरिकी प्रिमियर गर्ने भएको छ।

निर्मल पौडेलले लेखन तथा निर्देशन गरेको यस फिल्ममा पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकको मुख्य अभिनय छ। मधेशी महिलाको कथामा आधारित यस फिल्मले भ्रूण हत्याजस्तो संवेदनशील विषयवस्तुलाई प्रस्तुत गरेको छ। फिल्ममा निकितासँगै सुरज यादव, मोनिका थापा, सुरभी सापकोटा र आराध्य रौनियारले अभिनय गरेका छन्।

यसअघि ‘नीलो आकाश’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ), बुल्गेरियाको इन्टरनेसनल फेस्टिभल अफ रेडक्रस एण्ड हेल्थ फिल्म र क्यानडा इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत छनोट भइसकेको छ।

फिल्म काफिया मिडिया र निर्मल पिक्चर्सको ब्यानरमा बनेको हो। आस्था शर्मा, गणेश कन्चन भारती र तेजु पाण्डे यसका निर्माता हुन्। छायांकन भारतको पुणे इन्स्टिच्युटमा सिनेम्याटोग्राफी अध्ययन गरेका दीपंकर सिक्दरले गरेका हुन्। उनले छायांकन गरेको हिन्दी फिल्म ‘आहान’ नेटफ्लिक्समा रिलिज भइसकेको छ।

फिल्मको ध्वनि डिजाइन डिकेश खड्की, सम्पादन अनिमेष सापकोटा र रङ संयोजन कपिल पराजुलीले गरेका छन्।

निर्देशक पौडेलको अघिल्लो लघु फिल्म ‘म कमरेड’ पनि यसै महोत्सवमा छनोट भएको थियो र चलचित्र विकास बोर्डले आयोजना गरेको सर्ट फिल्म प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको थियो।

निर्देशक पौडेलले निकिता चाण्डकसँगको सहकार्यबारे भनेका छन्– “फिल्मले दिएको हौसला र अन्तर्राष्ट्रिय मंचमा पाएको स्थानले अझ ऊर्जा दिएको छ।” उनी अहिले मिडिया स्टडिजमा मास्टर्स गर्दै मधेसकै कथामा आधारित फिचर फिल्मको लेखनमा व्यस्त छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart