२०२६-०६-११
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रिमियरमा दर्शक भावुक>
Action

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रिमियरमा दर्शक भावुक

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाज हलमा प्रिमियर प्रदर्शन गरिएको छ। प्रिमियरमा उपस्थिति दर्शक फिल्मले छोएको अनुभव गर्दै भावुक बनेका थिए।

कलाकार सुनिल थापा, जितु नेपाल, विप्लव प्रतीक, कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ, प्रदीप भारद्धाजलगायत प्रिमियरमा सहभागी थिए। फिल्म हेरेपछि कलाकार केकी अधिकारी, गायिका अञ्जु पन्तलगायतका आँखा रसाइरहेका थिए।

निर्देशक हिमाल न्यौपानेको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी र विजय बराल मुख्य भूमिकामा छन्। बराल ‘पूर्णबहादुरको सारंगी’पछिको लामो अन्तरालपछि यसै फिल्ममार्फत पर्दामा फर्किएका हुन्। फिल्ममा मिरुना मगर, सशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी, रुपेश लामा र सुमन थापाको पनि अभिनय रहेको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart