ताजा खबर
इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलामा निर्माण गरिएको बेलिब्रिज बुधबारदेखि सञ्चालनमा आएको छ। पुलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा गरे।
भारत सरकारको सहयोगमा बनेको ४८.८ मिटर लामो पुल सञ्चालनमा आएपछि इलाम, पाँचथर, ताप्लेजुङका बासिन्दालाई झापासम्म पुग्न सजिलो हुने भएको छ। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार, पुलको निर्माण सागर–शुभारम्भ–एरिसा जेभीले गरेको हो। पुल बनाउन १ करोड ४८ लाख रुपैयाँ लागत लागेको छ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले पुल सञ्चालनमा आएसँगै यातायात आवागमन सहज हुने, स्थानीय कृषि उपजको बजार विस्तारमा मद्दत पुग्ने र पहाड–तराईबीचको दूरी पनि छोटिने विश्वास व्यक्त गरे।
Super Admin
>