२०२६-०६-१३
कैलाली कारागार घटनामा उच्चस्तरीय अनुसन्धान आवश्यक : छानबिन समिति>
Action

कैलाली कारागार घटनामा उच्चस्तरीय अनुसन्धान आवश्यक : छानबिन समिति

कैलाली कारागारमा गत २३ साउन राति भएको हिंसात्मक घटनाबारे छानबिन समितिले सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ। घटनामा एक कैदीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी नेतृत्वको पाँच सदस्यीय समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई बुझाएको प्रतिवेदनमा कैदीबन्दीबीच आपसी मतभेद, कारागारभित्रको प्रभुत्व जमाउने प्रयास लगायत कारणले विवाद हुँदै आएको र अन्ततः हिंसात्मक रुप लिएको उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा समितिका सदस्य सचिव शिवराज जोशीका अनुसार, कारागार प्रशासनमा प्रभुत्व जमाउने होडकै कारण आपसी विवाद चर्किएको हो। उनले कारागारभित्रका सीसीटीभी फुटेज स्पष्ट नदेखिएकाले वास्तविकता पत्ता लगाउन विशेष अनुभवयुक्त सुरक्षा निकायमार्फत अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याए।

छानबिनका क्रममा समितिले घाइते कैदीहरूलाई सोधपुछ गर्दा केहीले घटनामा संलग्नकै नामसमेत बताएका थिए। तर सोही कैदीहरूले समितिलाई औपचारिक बयान दिन अस्वीकार गरेका थिए।

२३ साउनमा ब्लक ए का कैदीहरूले भित्तामार्फत ब्लक बी मा आक्रमण गर्दा लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो। घाइतेमध्ये ३९ जना उपचारपछि डिस्चार्ज भएका छन् भने केहीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ। गम्भीर अवस्थामा रहेका तीन कैदीको काठमाडौँमा उपचार भइरहेको छ।

घटनामा गम्भीर सुरक्षा लापरबाही भएको भन्दै गृह प्रशासनले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेर उनको स्थानमा कृष्णप्रसाद लम्साललाई पठाएको हो।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart