ताजा खबर
काठमाडौं । ओम प्रतीक निर्देशित फिल्म ‘मोहर’ नेपाली बक्सअफिसमा उत्साहजनक प्रदर्शन गर्दै आएको छ। प्रदर्शनको २६ दिनसम्म फिल्मले ५ करोड रुपैयाँ ग्रसको आँकडा छुन नजिक पुगेको छ।
मंगलबार (१७ भदौ)सम्मको तथ्यांकअनुसार फिल्मको कमाइ ४ करोड ९२ लाख रुपैयाँ ग्रस पुगेको छ। हल्का पिकअपसँगै आगामी सप्ताहन्तमा फिल्मले ५ करोड रुपैयाँ ग्रसको निशान पूरा गर्ने अनुमान गरिएको छ।
हाल पनि फिल्मको देशव्यापी शोज संख्या उच्च रहेको देखिन्छ। १ करोड ८६ लाख रुपैयाँ बजेटको यो सोसल–ड्रामा फिल्मले बक्सअफिसबाटै लगानी सुरक्षित गरेको छ।
फिल्मको सफलताले मुख्य कलाकार पल र नीति शाहलाई आर्थिक तथा मनोवैज्ञानिक राहत दिएको छ। अर्की अभिनेत्री बेनिशा हमाल पनि अर्को हिट प्रोजेक्टको खोजीमा थिइन् भने लामो समयपछि निर्देशनमा फर्किएका ओम प्रतीकलाई फिल्मले उत्कृष्ट कमब्याकमा मद्दत पुर्याएको छ।
सुदुरपश्चिमको देउकी प्रथामा आधारित कथावस्तु भएको फिल्मको प्रचार–प्रसारमा अहिले पनि कलाकार टोली सक्रिय छ। देशभर १६५ हलले रियल–टाइम बक्सअफिससँग जडान भएर प्रदर्शन गरिरहेको छ, जसले फिल्मको स्थिर कमाइमा मद्दत गरेको छ।
Super Admin
>