ताजा खबर
काठमाडौं । न्याय सेवामा फेरि ठूलो स्तरको सरुवा भएको छ। न्याय सेवा आयोगको बुधबार बसेको बैठकले १७ जना सहसचिव र १३ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार सहसचिव जितेन्द्रबाबु थपलियालाई न्याय परिषद् सचिवालयमा सरुवा गरिएको छ। उनी विशेष अदालतमा रजिष्ट्रार पदमा दरबन्दीमा रहे पनि लामो समयदेखि परिषद् सचिवालयमै काजमा कार्यरत थिए।
त्यसैगरी, सहसचिव श्रीलाल पौडेल सर्वोच्च अदालतमा सरुवा भएका छन्। उनले यसअघि पनि त्यही अदालतमा काजमा काम गरिरहेका थिए भने उनको दरबन्दी उच्च अदालत पाटनमा थियो।
यस्तै, सहसचिव वेदप्रसाद उप्रेतीलाई विशेष अदालतको रजिष्ट्रार पदमा नै सरुवा गरिएको छ। उनी यसअघि पनि सोही पदमा काजमा कार्यरत थिए।
आयोगले अन्य सहसचिव र उपसचिवहरूको पनि दरबन्दीअनुसार सरुवा गरेको जनाएको छ। सरुवासँगै न्याय सेवाको प्रशासनिक संरचना फेरबदल भएको छ भने कतिपय पदाधिकारीहरूले आफू कार्यरत रहँदै आएको कार्यालयमै स्थायी सरुवाको निर्णय पाएका छन्।
Super Admin
>