ताजा खबर
काठमाडौं । ‘माग्ने बुढा’ भनेर चिनिने कलाकार केदार घिमिरेलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘माग्ने राजा’ नेपाली बक्सअफिसमा सुखद प्रदर्शन गरिरहेको छ।
ऋषि लामिछाने निर्देशित र मुनाल घिमिरेको निर्माणमा तयार भएको यो फिल्मले रिलिज भएको १२ दिनमै ४ करोड ९ लाख रुपैयाँ ग्रस कमाई गरेको छ। मंगलबारसम्मको तथ्यांकअनुसार फिल्मले सुरुवाती साता र तीजको छेकोमा उल्लेख्य आम्दानी गरेको हो।
केदार घिमिरेको पहिलो लिड रोल रहेको यो फिल्मलाई उनको स्टारडमको परीक्षाका रूपमा पनि हेरिएको थियो। फिल्ममा उनले धनी बन्ने सपना बोकेको एक साधारण पात्रको भूमिका निर्वाह गरेका छन्।
देशभरका हलमा दर्शक खिच्न सफल *‘माग्ने राजा’*ले निरन्तरता पाउने संकेत देखिएको छ। व्यापारिक सफलता र दर्शकको प्रतिक्रिया दुवै सकारात्मक रहेकोले फिल्मलाई नेपाली चलचित्र बजारको अर्को सफल प्रोजेक्टका रूपमा चिनाउन थालिएको छ।
Super Admin
>