ताजा खबर
नेपालमा महिला सशक्तिकरणलाई मुख्य उद्देश्य बनाएर ‘मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल’ प्रतियोगिता आयोजना हुँदैछ। अमेरिकन फ्रेन्चाइजअन्तर्गत इम्पावर इभेन्टले यो कार्यक्रम सञ्चालन गर्नेछ। किशोरीदेखि डिभोर्सी महिलासम्म भाग लिन सक्ने प्रतियोगिताका निर्देशक पूजा पाख्रिनले जानकारी दिइन्।
पाख्रिनका अनुसार, यो प्रतियोगिता केवल सौन्दर्यका लागि नभई महिला सशक्तिकरणमा केन्द्रित छ। सहभागीहरूलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, करिअर वर्कशप, स्टाइलिङ सेसन, र अन्तर्राष्ट्रिय डिजाइनरसँग अन्तरक्रिया गराइनेछ।
फिजिकल अडिसनबाट ३५ जना प्रतियोगी छनोट भइसकेका छन् भने काठमाडौं बाहिरका महिलाका लागि डिजिटल अडिसन हुनेछ। फाइनल प्रतियोगिता २९ अगस्तमा आयोजना हुनेछ।
इम्पावर इभेन्टका कार्यकारी निर्देशक श्रीजल विक्रम शाहीले भने, “हरेक उमेर समूहका महिलाहरूको प्रतिभा र कथा उजागर गरी उनीहरूको आत्मविश्वास बढाउनु प्रतियोगिताको मुख्य उद्देश्य हो।”
Popular Tags:
Super Admin
>