२०२६-०८-१२
लगातार वर्षापछि दाउन्ने खण्ड अवरुद्ध, सवारीसाधन रोकिए>
Action

लगातार वर्षापछि दाउन्ने खण्ड अवरुद्ध, सवारीसाधन रोकिए

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड लगातार वर्षाका कारण बिहीबार बिहानदेखि अवरुद्ध भएको छ।

सडक मर्मतका क्रममा एकतर्फी सञ्चालनमा रहेको उक्त खण्डमा पानी परेपछि हिलो र चिप्लो भएर सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।

उनका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलाको बीचमा सडक अवरुद्ध भएको छ। “मालवाहक सवारीसाधनहरू उकालो चढ्न नसकेपछि जाम हुन नदिन प्रहरी परिचालन गरिएको छ,” नेपालले भने।

हाल नेपालमा बंगालको खाडी र अरब सागरमा विकसित दुईवटा चक्रवातीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ। यसका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र मधेश प्रदेशका केही स्थानमा आज र भोलि भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart