ताजा खबर
काठमाडौंको तारकेश्वर नगरपालिका–५, गोलढुंगा फूलबारी गेट नजिक बुधबार राति एक युवकलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। राति करिब ११ बजे लुटपाटमा संलग्न उनीहरूलाई प्रहरीले घटनास्थल नजिकै पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–५ का २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरी रहेका छन्। दुवैजना हाल बूढानीलकण्ठमा बस्दै आएका थिए।
बा ४२ प ४०६९ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका उनीहरूले धारिलो हतियार देखाएर युवकको ब्याग लुटेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाको जानकारी पाउनासाथै खटिएको प्रहरी टोलीले उनीहरूलाई लुटिएको ब्यागसहित नियन्त्रणमा लिएको हो।
लुटिएको ब्यागमा केही नगद, रोलेक्स लेखिएको घडी लगायतका सामग्री फेला परेका छन्। उनीहरूको साथबाट खुकुरी र ट्रामाडोल नामक लागुऔषध पनि बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई वृत्त बालाजुमा राखी थप अनुसन्धान सुरु गरिएको छ।
Super Admin
>