२०२६-०८-१२
जमैकामा इतिहासकै शक्तिशाली आँधी ‘मेलिसा’बाट भीषण विनाश>
Action

जमैकामा इतिहासकै शक्तिशाली आँधी ‘मेलिसा’बाट भीषण विनाश

जमैकाको इतिहासमा सबैभन्दा शक्तिशाली समुद्री आँधी ‘मेलिसा’ ले क्यारेबियन द्वीपमा भीषण विनाश मच्चाएको छ। तीव्र गतिको हावा र लगातारको भारी वर्षाले घर, सडक र अन्य आधारभूत संरचनामा ठूलो क्षति पुर्‍याएको बीबीसीले जनाएको छ।

भारी वर्षापछि आएको बाढीका कारण कयौं मानिसको मृत्यु भएको पुष्टि भएको छ, तर मृत्युको सटीक विवरण भने अहिलेसम्म आएको छैन। बुधबार जमैकामा आँधीको प्रभाव सबैभन्दा गम्भीर देखिएको छ।

‘मेलिसा’को प्रभाव नजिकैको हाइटीमा पनि फैलिँदा त्यहाँ कम्तीमा २० जनाको ज्यान गएको बताइएको छ। जमैकामा अझै धेरै मानिसहरू घरका छतमा फसेका छन् र उद्धारकार्य जारी छ।

आँधीका कारण देशभर विद्युत् आपूर्ति र सञ्चार सेवा ठप्प भएको छ। प्रधानमन्त्री एन्ड्रयु होलनेसले देशभर ‘पूर्ण ध्वंश’ को अवस्था रहेको बताएका छन्। धेरै क्षेत्रहरूमा अँध्यारो छाएको र सम्पर्क साधन पूर्ण रूपमा बन्द रहेको बताइएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart