२०२६-०६-१३
ला लिगामा एट्लेटिको मड्रिडको विजयी यात्रा, रियल बेटिसलाई २–० ले पराजित>
Action

ला लिगामा एट्लेटिको मड्रिडको विजयी यात्रा, रियल बेटिसलाई २–० ले पराजित

स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २–० ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको छ। बेटिसको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोका लागि जिउलियानो सिमिओनी र एलेक्स बाएनाले एक–एक गोल गरे।

खेलको तेस्रो मिनेटमा सिमिओनीले कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी टाइममा जुलियन अल्भारेजको पासमा बाएनाले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए।

यस जितसँगै एट्लेटिको मड्रिड १० खेलबाट १९ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ। यता, समान खेलबाट १६ अंकसहित रियल बेटिस छैटौं स्थानमा छ। ला लिगाको शीर्ष स्थानमा रियल मड्रिड २७ अंकसहित अग्रस्थानमा रहेको छ भने बार्सिलोना २२ अंकसहित दोस्रो र भियारियल २० अंकसहित तेस्रो स्थानमा छन्।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart