२०२६-०६-१३
अमेरिका–जापानबीच दुई नयाँ रणनीतिक सम्झौता, ‘गोल्डन एज’को सुरुवात>
Action

अमेरिका–जापानबीच दुई नयाँ रणनीतिक सम्झौता, ‘गोल्डन एज’को सुरुवात

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीबीच दुई नयाँ महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। तीमध्ये पहिलो सम्झौताले अमेरिका–जापान सम्बन्धको नयाँ ‘गोल्डन एज’ अर्थात् सुनौलो युगको सुरुवातको प्रतीक मानिएको छ। दोस्रो सम्झौता भने महत्वपूर्ण र दुर्लभ खनिज (रेयर अर्थ्स) को आपूर्तिसँग सम्बन्धित छ।

बीबीसीका अनुसार पहिलो सम्झौताले लामो समयदेखि सहयोगी रहेका दुवै मुलुकबीचको साझेदारीलाई अझ बलियो बनाउने उद्देश्य राखेको छ। अर्को सम्झौताले दुर्लभ खनिजको आपूर्ति सुनिश्चित गर्न सहयोगी ढाँचा तयार गर्नेछ, जसले दुवै देशको औद्योगिक सुरक्षालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

सम्झौतापछि राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिकाको बलियो र विश्वासिलो साझेदारको रूपमा चित्रित गर्दै प्रधानमन्त्री तकाइचीको नेतृत्वको प्रशंसा गरे। उनले यस सम्झौताले अमेरिका–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart