२०२६-०६-१३
गुल्मीमा चाडपर्व अवधिमा ५९ सवारी दुर्घटना, एकको मृत्यु र ५० घाइते>
Action

गुल्मीमा चाडपर्व अवधिमा ५९ सवारी दुर्घटना, एकको मृत्यु र ५० घाइते

गुल्मीमा यस वर्षको चाडपर्व अवधिमा ५९ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज ६ गतेदेखि कात्तिक ९ गतेसम्म ४९ स्थानमा ती दुर्घटनाहरू भएका हुन्। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार दुर्घटनामा ट्रक, बस, टिपर, कार, एम्बुलेन्स, मोटरसाइकल, ईभी, स्कुटर, अटो र जीपजस्ता सवारीसाधन संलग्न छन्, जसमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन्।

चाडपर्वका बेला क्षमताभन्दा बढी यात्रु ओसार्ने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको सम्भावना बढाउने गरे पनि यस वर्ष ठूलो दुर्घटना घटेको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र चेकजाँचका कारण दुर्घटना केही हदसम्म घटेको जनाइएको छ। प्रहरीका अनुसार जिल्लाभर २० भन्दा बढी स्थानमा सहायता कक्ष स्थापना गरी सवारी नियन्त्रण र सुरक्षामा ध्यान दिइएको थियो।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart