२०२६-०६-१३
झापामा बस दुर्घटना, १९ जना घाइते>
Action

झापामा बस दुर्घटना, १९ जना घाइते

झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चोक नजिकै बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। रामेछापको मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरुलाई उपचारका लागि बिर्तामोड पठाइएको छ भने ६ जना यात्रु सकुशल रहेकाले गन्तव्यतर्फ गएको जानकारी दिइएको छ। बसमा जम्मा २५ जना यात्रु थिए।

घाइतेमा बस चालक ३९ वर्षीय राजु भुजेल, १७ वर्षीय इक्षा लिम्बू, २० वर्षीय रविलाल गणेश, २१ वर्षीया परिना गणेश, ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनका ९ वर्षीय छोरा एलोन, २७ वर्षीया भेमा राजवंशी, ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका छोरा रिदम, २३ वर्षीय पूर्णबहादुर नेपाली, १८ वर्षीया शितल नेपाली, २१ वर्षीय अभिषेक राजवंशी, १८ वर्षीय श्यामलाल किस्कु, ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, ३५ वर्षीय भीमप्रसाद पुरी, ६५ वर्षीया मिटु खत्री, ८ वर्षीया अनु श्रेष्ठ, ३० वर्षीय प्रदीपबहादुर बस्नेत र २८ वर्षीय कुमार बस्याल छन्।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart