२०२६-०६-१३
‘कबड्डी ५’ दशैंपछि मुस्ताङमा छायांकन सुरु, शीर्ष कलाकार यथावत् रहने>
Action

‘कबड्डी ५’ दशैंपछि मुस्ताङमा छायांकन सुरु, शीर्ष कलाकार यथावत् रहने

काठमाडौं । बहुचर्चित नेपाली फिल्म फ्रेन्चाइजी ‘कबड्डी’को पाँचौं श्रृंखलाको छायांकन यो वर्षको दशैंपछि सुरु हुने भएको छ । निर्माता तथा निर्देशक रामबाबु गुरुङले पुष्टि गरेअनुसार, अघिल्ला चार संस्करणले अपार सफलता कमाएको ‘कबड्डी’को नयाँ श्रृंखला पनि दर्शकमाझ झनै आकर्षक बनाउने तयारी भइरहेको छ ।

गुरुङले अनलाइनखबरसँग कुराकानी गर्दै बताएअनुसार, फिल्ममा दयाहाङ राई, मिरुना मगरलगायत शीर्ष कलाकारले निरन्तरता पाउने छन् भने केही कलाकारमा फेरबदल हुने सम्भावना छ । ‘शीर्ष कलाकार दोहोरिने छन्, बाँकी केही कलाकार फेरबदल हुन सक्छ,’ उनले स्पष्ट पारे ।

अभिनेता विजय बरालले पनि दशैं टीकाको भोलिपल्टदेखि नै फिल्मको छायांकनका लागि मुस्ताङ जाने तयारीमा रहेको बताए । ‘हामी टीकाको भोलिपल्टै मुस्ताङतिर लाग्नेछौं र तिहारसम्म उतै ब्यस्त हुनेछौं,’ उनले भने ।

हाल निर्देशक गुरुङ स्क्रिप्ट लेखनमा जुटिरहेका छन् । अघिल्ला चारै श्रृंखलाले नेपाली बक्स अफिसमा उल्लेखनीय कमाइ गरेको थियो । यसैबीच, ‘कबड्डी’ निर्माण कम्पनी बाँसरी फिल्म्सको अर्को लोकप्रिय फिल्म ‘जारी’को दोस्रो श्रृंखला पनि आउँदो असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart